सुर्खेत । कर्णाली प्रदेशमा औलोका बिरामी घट्दै गएका छन् । आर्थिक वर्ष २०७८/०७९ को तथ्यांकअनुसार यस वर्ष कर्णालीमा ३२ जना औलोका बिरामी भेटिएका छन् ।
यो विगतका वर्षको तुलनामा निकै कम हो ।
आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीमा ३२ जनामा औलो रोग देखिएकाे कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत श्याम आचार्यले बताए । ‘नेपालमा औलोका बिरामी प्राय: भारतबाट फर्कनेमा देखा पर्ने गरेको छ ।’ उनले भने, ‘कर्णालीका हिमाली जिल्लामा स्थानीयस्तरमा औलो रोगका बिरामी फेला परेका छन् ।’
जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार सबैभन्दा धेरै औलोका बिरामी सुर्खेतमा रहेका छन् । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा १४ जना औलोका बिरामी फेला परेका छन् । हुम्लामा पाँच, मुगुमा ६, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुम पश्चिममा एक जना औलोका बिरामी फेला परेका छन् ।
जाजरकोट, जुम्ला र सल्यानमा भने औलोका बिरामी नरहेको कार्यालयको भनाइ छ । सन् २०२५ सम्म नेपाललाई पूर्ण औलोमुक्त बनाउने सरकारको राष्ट्रिय रणनीति अनुसार सन् २०२२ सम्म औलोबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यअनुसार कार्यालयले काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड