काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा मनोनयनको दोस्रो दिन दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जनकपुरधामको मेयरमा वैद्यनाथ साह र मनोज साहले उम्मेदवारी दिएका हुन् ।
दुवैले स्वतन्त्रबाट उम्मेदवारी दिएको कार्यालयले जनाएको छ । असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले शनिबार स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै जनकपुरधामलाई पर्यटकीय क्षेत्र बनाउने योजना सुनाएका थिए ।
मनोज कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनले भागबण्डा मिलाउँदा जसपालाई जनकपुरधाम परेपछि उनले कांग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १३ : ५९
लेखकबाट थप