बीमा व्यवसायको न्युनतम दरको व्यवस्था स्थगन

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १३ : ५५
बीमा व्यवसायको न्युनतम दरको व्यवस्था स्थगन

काठमाडौं । बीमा समितिले ल्याएको ‘ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर’ को व्यवस्थालाई हाल कार्यान्वयन नगर्ने सहमति भएको छ । बैसाख १२ गते बीमा समिति, नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाललगायतको सरोकारबालाहरुको सहभागीतामा भएको छलफलबाट सो बीमा दरलाई कार्यान्वयन नगर्ने सहमती भएको छ ।

सो छलफलबाट समितिले २०७८ असोज ६ गते जारी गरेको निर्देशिका हाल स्थगन गरी सम्पूर्ण सरोकारवालाहरुको सहभागीतामा उपसमिति गठन गरि ७ दिनभित्र प्रतिबेदन पेश गर्ने सहमती भएको छ । सो उपसमितिमा बीमा समितिका का.नि राजुरमण पौडेल संयोजक, निर्माण व्यवसायी महासंघबाट २ जना सदस्य, स्वतन्त्र उर्जा उत्पादकबाट २ जना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभि इक्युपमेन्ट व्यवसायी महासंघ, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतबाट समेत सदस्य रहने गरी समिति चयन भएको छ ।

महासंघले केही दिनदेखि बीमाले ल्याएको सो निर्देशिका खारेजीको माग गर्दै धर्ना बसेको थियो । शान्तिपुर्ण धर्नामा उत्रिएका व्यवसायीहरुले ननट्यारिफ बीमा व्यवसायको न्युनतम दरलाई तत्काल खारेज गर भन्दै विरोध गरेका थिए । उनीहरुले उक्त दरलाई फिर्ता नलिएसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस