काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापितले मनोनयन दर्ता गराएका छन्। सोमबार दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह पुगेर मेयरमा मनोनयन दर्ता गराएका हुन्।
२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपटक फेरि दोहोर्याएको हो। स्थापितसँगै एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मनोनयन दर्ता गराएकी हुन्। डंगोल पूर्व मीस नेवा हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १३ : २१
लेखकबाट थप