सरकारलाई सभामुखको ध्यानाकर्षण

शुक्रबार, ०४ जेठ २०७५, १५ : ०७
सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै सो विषयमा सरकारको धारणा माग्नुभयो । सांसदहरुको मागलाई गम्भीरतापूर्वक लिई कार्यान्वयन गर्न सभामुख महराले सरकारलाई ध्यानाकर्षण गराउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस