काठमाडौं । तीस वर्षीया अस्मिता चौधरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक डेरा गरी बस्ने सिरहा लाहान नगरपालिका–७ घर भएका ४२ वर्षीय प्रबिन चौधरी रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरिरमा तारपिन नामक तेल खन्याई आगो लगाएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा स्थानीय मानिसहरुले फेला पारी घाइतेलाई उपचारको लागि शुस्मा मेमोरियल अस्पताल साँखु लगेको थिए । अस्मिताको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले प्रबिनलाई पक्राउ गरेको हो ।
यस्तै, मकवानपुरमा २८ वर्षीया दिया शर्माको हत्या गरेको आरकोपमा प्रहरीले उनकै श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ तीन तले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी रहेका छन् । उनलाई आइतबर राति प्रहरीले पक्राउ गरेको हो ।
पवनले घरायसी विवाद हुँदा श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय फापरबारी र अस्थाई प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ