काठमाडौं । स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र नबनाउने भएको छ ।
माओवादी केन्द्रले निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । त्यही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने माओवादी केन्द्रका नेता हरिबोेल गजुरेलले बताए। ‘अपिल अनुसार स्थानीय तहले आ–आफैं घोषणा पत्र बनाउँछन्, हामी केन्द्रबाट जारी गर्दैनौं,’ उनले भने ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले पनि स्थानीय तहले अपिललाई मार्गदर्शन मानेर घोषणा पत्र बनाउने बताए । ‘हाम्रो घोषणा पत्र आउँदैन,’ उनले भने, ‘हामीले पहिले नै अपिल बाँडेका छौं । अब त्यही अनुसार स्थानीय तहले घोषणा पत्र बनाउँछन् ।’ ढकालले स्थानीयस्तरबाटै घोषणा पत्र बनाउन स्थानीय कमिटीलाई अधिकार दिइएको जानकारी दिए ।
माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् । ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै