काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । कम्पनीको पुस २८ गते बसेको सातौं वार्षिक साधारण सभाबाट पारित भएको ३० प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणको लागि बुक क्लोज हुदाँका बखत सम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुको खातामा बैशाख ११ गते बोनस शेयर जम्मा गरेको कम्पनीले जानकारी दिएको छ ।साथै २०७७ असार २६ गते पश्चात शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले पुस २८ गतेस सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत दरको बोनस शेयर वापत लाग्ने कर शेयरधनी स्वयंले भुक्तानी गरेपश्चात मात्र खातामा बोनस शेयर जम्मा हुने जनाएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, ११ : ३६
लेखकबाट थप