काठमाडौं । मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले भावी मेयरका लागि उम्मेदवारी दावी पेश गर्ने भएका छन ।
आइतवार देखी सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पुर्व मिस नेवा: तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत गर्न लागेका हुन ।
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको मेयरका लागि पुराना कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरिसकेको छ भने र्यापार शाहले पनि उम्मेदवारी घोषणा गरिसकेका छन । मोडेल तथा मिस नेवाः डंगोलले पनि युवाको प्रतिनिधित्व गर्दै काठमाडौंको भावी मेयरका लागि आफनो दावेदारी प्रस्तुत गर्दैँ आएकी छिन ।
बरिष्ठ कलाकार श्रेष्ठले राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिने भए पनि र्यापर शाह र मोडेल डंगोलले स्वतन्त्र उम्मेदवारी दिदैँ छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थापाथलीमा डोजरको त्रासमा निसास्सिएका सपनाहरूः घर भत्किँदा टुटेको मान्छेको सहारा (फोटो फिचर)
बैजनी रङमा रंगिएको काठमाडौंः सडकमा पोखिएको वसन्तको मधुर सपना’ (फोटो फिचर)
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट