भरतपुर । अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बिदाइ गरिएको छ ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भूजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए ।
सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाध्यक्षहरूलाई आसन्न निर्वाचनमा बिजयी भई पुनः स्वागत गर्न आफूआतुर रहेको भन्दै शूभकामना दिइन् ।
सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उमेद्वारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताउँदै कार्य सम्पादनको ५ वर्षको अनुभूतिहितको मन्तव्य राखेकी थिइन् ।
दाहालले भरतपुर महानगरपालिका देशकै पालिकाहरूमा अब्बल बन्न सकेको भन्दै खुसी व्यक्त गरिन् ।यो अवधिमा भरतपुर महानगरपालिकाले महानगरको समग्र बिकासमा ठूलो छलाड्ग मारेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पीडित भण्डारीले बिदाई हुने सबै जनप्रतिनिधिहरूलाई उज्जल भविष्यको कामना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोबिता गौतमलाई बधाई दिँदै रेनु दाहालको प्रतिक्रिया : जनताको अमुल्य मतको सम्मान गर्दछु
चितवन–३ : सोविताभन्दा रेनु ६९९ मतले पछाडि
चितवन–३ मा रेणु दाहालको दाबी: अनुभव र कामकै आधारमा योग्य उम्मेदवार
रेनु दाहालले सार्वजनिक गरिन वेवसाईट
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
रेनु दाहाल : संविधानसभा देखि नगरसभासम्म कानुन निर्माणमा खारिएकी नेतृ