अन्तत : मिले एमाले-माओवादी, एकिकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’

विहीबार, ०३ जेठ २०७५, १९ : ५८
अन्तत : मिले एमाले-माओवादी,  एकिकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’

काठमाडौं ।  दुई प्रमुख कम्युनिस्ट दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ ।

बिहीबार  साँझ राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको ६ बुँदे घोषणापत्र वाचन गरेर सुनाएपछि एकताको औपचारिक घोषणा भएको हो । ६ बुँदे घोषणापत्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।

एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा एमाले माओवादीबीच सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।

यो पनि पढ्नुहोस्
बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद खारेज गर्ने निर्णय
आजको दिनलाई व्याख्या गर्ने शब्द भेट्न सकिन् : प्रचण्ड

कसैलाई अहम्ता देखाउन एकता गरेका होइनौँ, देश बनाउन हो : प्रधानमन्त्री ओली

 

प्रतिक्रिया दिनुहोस