उपकार लघुवित्तको आईपीओ बाँडफाँट

सफल खबर संवाददाता

शुक्रबार, ०९ बैशाख २०७९, ११ : २२
उपकार लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।

यो लघुवित्तका २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले शेयर परेको छ । सोमध्ये ६ जनाले थप १/१ कित्ता शेयर पाएका छन् । यो लघुवित्तको आईपीओमा २३ लाख ५१ हजार ४६२ आवेदन परेको थियो । यी आवेदकबाट २ करोड ६२ लाख ५७ हजार ६५० कित्ताका शेयर माग भए पनि २ हजार ४०६ वटा आवेदन रद्द भएकाले २३ लाख ४९ हजार ५६ वटा आवेदन स्वीकृत भएको थियो ।

स्वीकृत आवेदनमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले र ६ जनालाई भने ११ कित्ताका दरले शेयर बाँडफाँट भएको छ ।बाँकी २३ लाख २६ हजार ९४१ आवेदकको हात खाली भएको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा लघुवित्तको आईपीओ बाँडफाँट भएको हो । यो लघुवित्तले गत चैत २५ गतेदेखि ३० गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस