एमाले–माओवादी विघटन

विहीबार, ०३ जेठ २०७५, १७ : ३६
एमाले–माओवादी विघटन

काठमाडौं । केपीशर्मा ओली नेतृत्वको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीकेन्द्र विघटन भएको छ । आज बसेको एमाले र माओवादी केन्द्रको संयुक्त बैठक ले दुबै पार्टी विघटन भएको घोषण गरेको हो । पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी नाम राख्नका लागी विघटन गरिएको हो । विघटन पश्चात एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग गएका छन् ।

बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सामूहिक सपथ लिएका छन् ।  सुरुमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सपथ खुवाएका थिए भने प्रचण्डले ओलीलाई सपथ खुवाएका थिए । त्यसलगत्तै ओली र प्रचण्डले संयुक्त रुपमा सिंगो केन्द्रीय समितिलाई सपथ खुवाएका थिए ।  सोसँगै  एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विघटन भएको छ ।

बैठकले दुई पार्टीको सम्पत्ति नेकपाका नाममा सार्ने निर्णय पनि गरेको छ । बैठकले जनवर्गीय संगठन खारेज गरेको छ । दुवै दलका जनवर्गीय संगठनको अधिवेशन लामो समयदेखि भएको थिएन । दुई पार्टीको छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाइनेछ , पार्टीको राष्ट्रियसभागृहमा केहिबेरमा घोषणा गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस