काठमाडौं । सरकारले ७ प्रतिशत हाराहारी आर्थिंक वृद्धिदरको लक्ष्य राखेको चालु आर्थिक वर्ष २०७८/७९ मा बहुराष्ट्रिय दातृ निकायहरुले भने त्यसको आधा मात्र प्राप्ति हुने प्रक्षेपण गरिरहेका छन् ।
यसमा विश्व बैंकले अघिल्लो प्रक्षेपण भन्दा पनि कम हुने गरी नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकले गत पुसमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो ।
बिहीबार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो ।
६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १५ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण
नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता