इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन् ।
इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको आरोप लगाए ।
खनालले भने, ‘कांग्रेसको विरोध गर्यो भन्नुहोला तर कांग्रेसका साथीहरूले पनि स्वीकार गर्नुपर्छ । कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने । सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन,गरीव बनाइएको हो ।’
खनालले अहिलेको पाँच दलीय गठबन्धन केपी ओलीको तानाशाही प्रवृतिलाई परास्त गर्न बनेको भन्दै आउने चुनाव प्रतिगमनविरुद्धको निर्णायक लडाइँ हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी