काठमाडौं ।आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सातवटै गाउँपालिकामा मतदान अधिकृतहरू पुगेका छन्।
गाउँपालिका केन्द्रमा वैशाख ८ गते कार्यालय स्थापना गर्नुपर्ने भएपछि मतदान अधिकृतहरू गाउँपालिकामा पुुगेका हुन्।मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार सातवटा गाउँपालिका केन्द्रमा मतदान अधिकृत पुगेका छन्।
सातवटा गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा श्यामहरि अधिकारी, खार्पुनाथमा कमल कुमार आचार्य, सर्केगार्डमा छत्र बहादुर शाह, चङ्खेलीमा हेम कुमार ढकाल, अदानचुलीमा एम प्रकाश बास्कोटा र ताँजाकोटमा अर्जुन श्रेष्ठलाई निर्वाचन अधिकृतका रूपमा आयोगले खटाएको हाे ।सिमकोट गाउँपालिकामा भने मुख्य निर्वाचन अधिकृत पौडेलले नै निर्वाचन अधिकृतको काम हेर्नेछन्। सातै गाउँपालिकामा मतदान अधिकृतका साथै सहायक निर्वाचन अधिकृत पनि पुगेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकाम सिमकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य छवटा गाउँपालिकामा मतदान अधिकृतको कार्यालय आजै स्थापना हुने भएका हुन्।
निर्वाचनका लागि आवश्यक अनुसूची निर्वाचन कार्यालयमा आइनपुगेको जानकारी प्राप्त भएको छ।निर्वाचन कार्यालयका सूचना अधिकारी श्याम रानाका अनुसार अनुसूचीहरू आयोगबाट नेपालगंजसम्म आइपुगेको भए पनि ढुवानी समस्याको कारण जिल्ला आउन सकेका छैनन्।उनले हवाई उडान नभएको कारण अनुसूची चार दिनदेखि नेपालगंजमै रोकिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १२ : १६
लेखकबाट थप