काठमाडौं । एकाघरको सदस्य राखी स्थापना गरेको कम्पनी अर्गानिक एशोसिएसनले सरकारी रकमको दोहनमात्र हैन अर्को सस्थाको लोगो समेत दुरुपयोग गरी अबैधधन्दा नै चलाउदै आएको भेटिएको छ ।
कुनै पनि संघ/संस्था वा कम्पनीमा एकाघरको सदस्य र उनी निकट परिवारको समेत सदस्य बस्न नपाउने विद्यमान ऐनलाई समेत लत्याउदै शक्तीकेन्द्रकै भरमा दीपकप्रकाश बाँस्कोटाको एकाघर परिवार सहभागी कथित ‘अर्गानिक एशोसिएशन अफ नेपाल’ ले ललितपुरमा लगाएको मेला अहिले सुनसानमात्र हैन स्टल लिएका व्यवसायीहरुले समेत मेला छोडी हिड्न थालेका छन् ।
सो कम्पनीले करोडौ रुपैयाँ सरकारी रकमको दोहन गरि लगाएको मेलामा आफुखुशी घरेलु तथा साना उद्योग महासंघको लोेगो समेत दूरुपयोग गरेको भेटिएको छ । चार दिनका लागि आयोजना गरिएको सो मेलामा विना अनुमति महासंघको लोगो प्रयोग गरी भ्रम सृजना गर्दै आएको आरोप समेत बाँस्कोटामाथी लागेको छ ।
साना व्यापारी र व्यवसायीहरुको नाम भजाउदै सरकारी रकमबाट सञ्चालन गरेको सो मेलामा स्टल राख्न गएका साना व्यवसायीहरुमा चरम निराशा उत्पन्न भई मेला छोडेर हिडेका छन् । आयोजक बाँस्कोटा परिबारले भने सो मेलामा स्टल राख्नकालागि प्रति स्टल ५० हजार रुपैयाँ शुल्क असुली गरेको समेत भेटिएको छ । सो सम्बन्धमा पटकपटक बाँस्कोटालाई सम्र्पक गर्दा उनी सम्र्पकमा आएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, ११ : ५०
लेखकबाट थप