नेपालमा पहिलो ‘आइस–स्केटिङ’ स्थल राजधानीकै मुटुमा

सफल खबर संवाददाता

विहीबार, ०८ बैशाख २०७९, ११ : १३
नेपालमा पहिलो ‘आइस–स्केटिङ’ स्थल राजधानीकै मुटुमा

काठमाडौं। कोरोनाको प्रभाव कम भएसँगै मानिसहरु घुमफिर र मनोरञ्जनका लागि नयाँ नयाँ पर्यटकीय गन्तव्यहरुको खोजीमा निस्किन थालेका छन् । तर राजधानी काठमाडौंको मुटुमा नयाँ मनोरञ्जनस्थल सञ्चालनमा आएको छ, जसबारे थारे मात्रै जानकार छन् । 

अहिलेको प्रचण्ड गर्मीमा विशेषगरी बालबालिका र युवा पुस्तालाई लक्षित गरेर भद्रकाली प्लाजामा ‘फन ल्याण्ड’ सञ्चालनमा आएको छ । ‘आइस स्केटिङ’ खेल्न सकिने यो ठाउँ गर्मीको समयमा चिसो ठाउँमा मनोरञ्जन लिन चाहनेहरुको लागि निकै आकर्षक गन्तव्यको रुपमा फन ल्याण्ड देखिएको छ । 

मानिसहरुको फरक र नयाँ कुरामा चासो राख्ने भएकाले काठमाडौं उपत्यकाका मानिसहरुलाई नयाँ खालको मनोरञ्जन प्रदान गर्न ‘आइस स्केटिङ’ खेल्ने सुविधा सुरु गरिएको छ। राजधानीको बढ्दो गर्मीको समयमा केही समय भए पनि चिसोबाट आनन्द लिन सुरु गरिएको फन ल्यान्डभित्र छिर्ने बित्तिकै फरक अनुभव हुन्छ । 

प्रतिक्रिया दिनुहोस