कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १७ : १५
कोरोना अपडेट : थप १३ जनामा संक्रमण पुष्टि, २५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय २८ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ३ सय ४९ एन्टिजेन परीक्षणका क्रममा ४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३ सय १८ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।