शेयर बजारमा पहिरो, कारोबार रकम १ अर्ब ४२ करोड

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, १५ : २७
शेयर बजारमा पहिरो, कारोबार रकम १ अर्ब ४२ करोड

काठमाडौं । कारोबार हुने साताको चौथो दिन शेयर बजारमा पहिरो गएको छ । बुधबार नेप्से परिसूचक ३९ अंकले घटेर २३ सय १७ विन्दुमा आइपुग्दा ठूला कम्पनीहरुको मापक सेन्सेटिभ परिसूचक ७ अंकले घटेर ४ सय ४० को विन्दुमा छ ।

बजार घटेसँगै कारोबार रककमा पनि कमी आएको छ । यस दिन २ सय २६ कम्पनीको ३४ लाख २७ हजार ९ सय ६५ कित्ता सेयर १ अर्ब ४२ करोड २४ लाख ६९ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार जीवन बीमा २३५ अंक, निर्जीवन बीमा १७९ र विकास बैंक समूहका उपसूचक १०० अंकले आरोला लाग्दा म्यूचल फण्ड र लगानी समूह सामान्य मात्र ओरालो झरेका छन् । बाँकी सबै समूह दोहोरो अंकमा राताम्मे भएका छन् ।

पछिल्लो समय शेयर बजार ओरालो लागिरहँदा लगानीकर्ताहरूमा शून्यता छाएको छ । कुनै बेला २४ अर्बसम्मको कारोबार भएको शेयर बजारमा अहिले मुस्किलले दुई अर्बको कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस