एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक सम्पन्न, सचिवालय सदस्य संख्या नौ जनाको हुने

विहीबार, ०३ जेठ २०७५, १३ : ५९
एमाले-माओवादी पार्टी  एकता संयोजन समितिको बैठक सम्पन्न, सचिवालय सदस्य संख्या नौ जनाको हुने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द पार्टी  एकता संयोजन समितिको बैठक सकिएको छ ।  बैठकले  पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको छ ।

अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने निर्णय भएको  छ  । बैठकले नयाँ पार्टीको सचिवालय सदस्य संख्या नौ जनाको हुने निर्णय गरेको  छ ।  त्यस्तै, बैठकले आजै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने र दुवै पार्टीको संयुक्त बैठक आजै बालुवाटारमा बस्ने निर्णय गरेको एमाले नेता इश्वर पोखरेलले बैठकपछि जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस