नेताहरुले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ : नेता गुरुङ

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १९ : ५५
नेताहरुले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ : नेता गुरुङ

File-photo

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि तालमेलको टुंगो लगाउन बसिरहेको सत्ता गठबन्धनको बैठक सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । 

सोमबार दिनभर र आज दिउँसो ३ बजेदेखि बसेको बैठक निष्कर्ष नजिक पुगेको उनीहरुको दाबी छ । 

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले छलफल सकारात्मक भएको बताए ।

त्यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले पनि सहमति सकारात्मक भएको र खाना खाएर आएपछि गृहकार्य गर्ने बताए ।

नेताहरुले सहमतिको माइन्युटमा हस्ताक्षर गर्न बाँकी रहेको उनले दाबी गरे । अब उपमहानगरको पनि टुंगो लगाउने उनको भनाइ छ ।

‘नेताहरूले माइन्युटमा हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर नगरी भन्न भएन । उपमहानगरको पनि टुंगो लगाउछौं,’ नेता गुरुङले भने । बैठक आजै राति १० बजेपछि पुन बस्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस