कोरोना अपडेट : १० जनामा संक्रमण, २६ मुक्त

सफल खबर संवाददाता

मंगलबार, ०६ बैशाख २०७९, १६ : ४५
कोरोना अपडेट : १० जनामा संक्रमण, २६ मुक्त

काठमाडौँ ।पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३ जनामा परिक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ। यो अवधिमा २६ जना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोना निको हुने दर ९८. ७ प्रतिशत रहेको छ। हाल संक्रिय संक्रमितको संख्या ३ सय ३४ रहेको छ भने २४ घण्टामा ७२ हजार ६  सय ८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस