एमाले–माओवादीको एकता भोलि हुने , ४ सय ४१केन्द्रीय सदस्य

बुधबार, ०२ जेठ २०७५, २१ : १९
एमाले–माओवादीको एकता भोलि  हुने  , ४ सय ४१केन्द्रीय सदस्य

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बन्ने नेपाल कम्युनिष्ट पार्टीमा चार सय ४१ जना केन्द्रीय सदस्य रहने भएका छन् ।
पार्टी एकता गर्ने समझदारी भएको ९ महिना पुग्नैलाग्दा अन्ततः नेकपा एमाले र माओवादी केन्द्र घोषणाको अन्तिम बिन्दूमा आइपुगेका छन् । दुई पार्टीबीच पदीय भागबण्डा, चुनाव चिन्ह लगाएतका विवादित विषयमा समेत सहमति जुटेसँगै बिहिबार एकताको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।
ई सय ४१ एमाले र २ सय माओवादीबाट रहनेछन् । स्थायी समिति बैठकपछि प्रवक्ता योगेश भट्टराईले दिएको जानकारीअनुसार ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति भएको अध्यक्ष ओलीले बैठकलाई जानकारी गराएका छन् ।
महाधिवेशनसम्म ओली र दाहाल दुवैजना अध्यक्ष रहने भएका छन् । यस्तै उपाध्यक्ष वामदेव गौतमले बिहीबार बिहान पार्टी एकता समन्वय समितिको बैठक आवश्यक निर्णय लिने र बेलुकी औपचारिक घोषणा हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस