ललितपुर । नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।
अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।
एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ । उनले भने, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हौं । उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छौं ।’
महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ बैशाख २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)