काठमाडौं । गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ।
कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो। एसईई वैशाख ९ गते शुक्रबारबाट सुरु हुँदैछ।
यसअघि कोभिड–१९ को संक्रमण बढेपछि दुई पटक एसईई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो। राष्ट्रिय परीक्षाबोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) अर्जुनबहादुर रायमाझीका अनुसार अहिले जिल्ला स्तरमा परीक्षाका केन्द्राध्यक्षलाई अभिमुखीकरण दिने कार्य भइरहेको छ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सम्बन्धित जिल्लामा पुयाइसकिएको छ।
यस वर्ष मुलुकभर दुईहजार सातवटा केन्द्रमा परीक्षा सञ्चालन हुने खबर गोरखापत्रमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ बैशाख २०७९, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद