सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

आइतबार, ०४ बैशाख २०७९, ११ : २९
सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ स्थिर रहँदै तोलामा एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा १ हजार ४१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस