काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन र ४२ बर्षीया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टीएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते