चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका तर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लाग्ने बताएका छन् ।
आज बिहान चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गठबन्धनका तर्फबाट चुनावी तालमेलको खाका आज साँझसम्ममा तयार हुने र भोलि उम्मेदवारको टुंगो लाग्ने उल्लेख गरेका हुन् ।
गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए । भरतपुरमा चुनावी तालमेलको विषयलाई बाहिर जस्तो कुरा सुनिएपनि गठबन्धन भित्र कुनै विवाद नरहेको उनले प्रष्टयाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड