चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनका तर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार) सम्ममा लाग्ने बताएका छन् ।
आज बिहान चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गठबन्धनका तर्फबाट चुनावी तालमेलको खाका आज साँझसम्ममा तयार हुने र भोलि उम्मेदवारको टुंगो लाग्ने उल्लेख गरेका हुन् ।
गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै उनले भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’
निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए । भरतपुरमा चुनावी तालमेलको विषयलाई बाहिर जस्तो कुरा सुनिएपनि गठबन्धन भित्र कुनै विवाद नरहेको उनले प्रष्टयाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड