सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।
बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ। दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आगलागीमा ज्यान गुमाएका शैलेशको बुवा भने वैदेशिक रोजगारमा विदेशमा रहेका छन् । आमा घरकै काममा व्यस्त भएको बेला बालक मृत्यु स्थानीयको भनाई रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि