काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान मास्ने र परिवर्तन उल्ट्याउने प्रयास भएको बताए । ‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्यौ र सफल भयौँ ।’
माओवादीले नै सबै जातजातिको पहिचान सहितको अधिकार स्थापित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यो अधिकार हरण गर्ने प्रयास भइरहेको पनि बताए ।‘मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित, थारु महिला सबै समुदायको पहिचान र अधिकारको लडाई माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो,’ उनले भने ।त्यो परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध देश एकत्रित हुने लागेको पनि अध्यक्ष दाहालले बताए ।
उनले भने,‘यसलाई उल्ट्याउन खोज्ने तत्त्वका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट प्रक्रियामा मैले महसुस गरेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड