काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले गत वर्ष संविधान मास्ने र परिवर्तन उल्ट्याउने प्रयास भएको बताए । ‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो,’ उनले भने, ‘त्यसका विरुद्ध हामीले संघर्ष गर्यौ र सफल भयौँ ।’
माओवादीले नै सबै जातजातिको पहिचान सहितको अधिकार स्थापित गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले त्यो अधिकार हरण गर्ने प्रयास भइरहेको पनि बताए ।‘मधेसी, मुस्लिम, आदिवासी जनजाति, दलित, थारु महिला सबै समुदायको पहिचान र अधिकारको लडाई माओवादी केन्द्रले लडेर त्यसलाई स्थापित गरेको हो,’ उनले भने ।त्यो परिवर्तनलाई उल्ट्याउन खोज्नेका विरुद्ध देश एकत्रित हुने लागेको पनि अध्यक्ष दाहालले बताए ।
उनले भने,‘यसलाई उल्ट्याउन खोज्ने तत्त्वका विरुद्ध फेरी एकचोटी नेपाल राष्ट्रका सम्पूर्ण जनता एकजुट प्रक्रियामा मैले महसुस गरेको छु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ बैशाख २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड