काठमाडौं । श्रोत नखुलेको भारतीय नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय बिष्णुदेव मुखिया, बर्जु गाउँपालिका–१ सुनसरीका ३८ वर्षीय सुरज ऋषिदेव र ३८ वर्षीय शिव कुमारी ऋषिदेव रहेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चैत २८ गते दिउँसो बिराटनगर–१५ बाट उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयाँ तीन लाख आठ हजार पाँच सय बरामद गरेको छ ।
श्रोत नखुलेको अवैध भारतीय रुपैयाँ सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक शान्तीराज कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ बैशाख २०७९, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ