काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले नोट थन्क्याएका कारण देशमा आर्थिक संकट उब्जिएको दाबी गरेका छन् ।वीरगञ्जमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेताहरुले भ्रष्ट्राचार र कमिसनबाट उठेको पैसा लुकाएको जिकिर गरे ।
‘बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु हो । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका छन्,’ उनले भने ।
अध्यक्ष लिङ्देनले नेपालमा नोट छापिएपनि बैंकमा पैसा नहुनु सामान्य कुरा नभएको बताउदै यस्तो समस्या समाधान गर्न आगामी निर्वाचनमा राप्रपालाई भोट दिएर जिताउनु पर्ने उल्लेख गरे ।
‘नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ?,’ उनले प्रश्न गरे ।उनले नेताहरुको घरमा कमिशन र भ्रष्ट्राचार गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा आम्दानीको स्रोत खुलाउनु पर्ने भएकोले आफ्नै घरमा राख्न बाध्य भएको जिकिर गरे ।
‘यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुपर्यो । नभएपछि बोरामा राख्नुपर्यो । बाकसमा राख्नुपर्यो । आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० चैत्र २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन