काठमाडौं।स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज (आइतबार) काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनको पहिलो दिन प्रि-समिटका रूपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुति भएका छन्। सम्मेलनको उद्घाटन भने सोमबार मात्र हुनेछ।सम्मेलन ३ दिन चल्नेछ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तरराष्ट्रिय विज्ञलाई प्रस्तुतिका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित स्वास्थ्य प्रणाली तथा नीति, जनस्वास्थ्य, कोभिड–१९ महामारी, क्लिनिकल अनुसन्धान, एक स्वास्थ्य एवं विश्वव्यापी स्वास्थ्य, बायोमेडिकल र ट्रान्सलेशन अनुसन्धान विषयमा अनुसन्धानकर्ताले आ–आफ्ना खोज तथा अनुसन्धानबारे १५३ वटा अनुसन्धानमूलक कार्यपत्र परिषद्मा पेश भएका छन्।
परिषद्मा पेश भएकामध्ये ११२ कार्यपत्र मौखिक प्रस्तुतिका लागि र ४१ वटा पोष्टर प्रस्तुतिका लागि प्राप्त भएको परिषद्ले जनाएको छ। सम्मेलनको यो वर्षको नारा 'स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ छ। सम्मेलन चैत २९ गतेसम्म चल्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ चैत्र २०७८, १६ : ५४
लेखकबाट थप