हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट

सफल खबर संवाददाता

आइतबार, २७ चैत्र २०७८, १४ : ४६
हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट

काठमाडौं।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनका लागि हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट भएका छन्।शारीरिक परीक्षण तथा लिखित र अन्तर्वार्ताबाट उक्त संख्यामा म्यादी प्रहरीको छनौट गरिएको हो।

प्रहरी निरीक्षक दानसिंह भण्डारीले आवेदन दिएका कुल ५२४ जनामध्ये सबै किसिमको परीक्षामा ३९६ जना छनौट भएका हुन्। उनले छनौट भएका म्यादी प्रहरीले चैत २७ गतेसम्म नियुक्ति लिनुपर्ने र २८ गतेबाट तालिम सुरु हुने जानकारी दिए।

यसअघि हुम्लाका ५४ वटै मतदान केन्द्रका लागि ४१६ जना म्यादीको कोटा निर्धारण गरिएको भए पनि पछि त्यो संख्या घटाएर ३९६ कायम गरिएको थियो।यस्तै जिल्लाभर ९९ जना महिलाले म्यादीका लागि आवेदन दिएकोमा ८९ जना उतीर्ण भएका छन्। १० जना भने परीक्षामा सहभागी नभएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस