मङ्गलबारे । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ चैत्र २०७८, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती