युक्रेनको मकारिभमा भेटिए १३२ शव

एजेन्सी

शनिबार, २६ चैत्र २०७८, ०९ : ५३
युक्रेनको मकारिभमा भेटिए १३२ शव

file photo

एजेन्सी । युक्रेनको किभ क्षेत्रमा रहेको मकारिभमा १३२ आम नागरिकको शव फेला परेको छ। रुसी सेना फिर्ता गरेसँगै त्यहाँको अवस्था जाँच गर्ने क्रममा १३२ आम नागरिकको शव फेला परेको त्यहाँका मेयरले बताएका छन्।

लामो समयसम्म उक्त क्षेत्रमा आक्रमण गरिरहेको रुसी सेना अहिले किभ तथा युक्रेनको युक्रेनको उत्तरी क्षेत्रबाट फिर्ता गएको छ। मकारिभका मेयर भादिम टोकरले दिएको जानकारीअनुसार अहिले भेटिएका शवले रुसी सेनाले गोली हानी उनीहरुको हत्या गरेको देखाएको छ।


मेयरका अनुसार सहरका अधिकांश भवन ध्वस्त भएका छन्। अपार्टमेन्ट तथा अन्य भवनमा बमबारी गरिएको छ भने अस्पताल पनि ध्वस्त पारिएको छ। रुसले आक्रमण गर्नुभन्दा पहिला करिब १५ हजारभन्दा धेरै मानिसको बसोबास रहेको यो सहरमा अहिले एक हजारभन्दा कम मानिस छन्।

बिस्तारै मानिसहरु फर्किने क्रम जारी रहेको र ध्वस्त संरचनाहरु हटाउने काम सुरु भएको टोकरले बताए। उनका अनुसार करिब ४५ प्रतिशत सहर ध्वस्त भएको छ। 

प्रतिक्रिया दिनुहोस