उपकार लघुवित्तकाे आईपीओ बिक्री खुला

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, ११ : ३८
उपकार लघुवित्तकाे आईपीओ बिक्री खुला

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार)देखि  प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । 

त्यसमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीलाई र ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले लघुवित्तको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

हाल ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी  आईपीओ निष्कासनपश्चात् ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस