काठमाडौं । काठमाडौं महानगरपालिकाले एक करोड ८० लाख मूल्य बराबरका ह्विल स्ट्रेचरसहितका १५ वटा शव वाहन विभिन्न अस्पताल र नगरपालिकालाई एकसाथ हस्तान्तरण गरेको छ। कामपाले आयोजना गरेको कार्यक्रममा मेयर विद्या सुन्दर शाक्यले शव वाहनको साँचो हस्तान्तरण गरे। साँचो हस्तान्तरणपछि सम्बोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए।
कामपाले क्षेत्रपाटी निःशुल्क चिकित्सालय, नेपाल एपिएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शव वाहन हस्तान्तरण गरेको हो।
सम्झौताअनुसार ती शव वाहनले उपत्यकाभित्र निःशुल्क सेवा प्रवाह गर्नुपर्नेछ। कामपाले १५ शव वाहनमध्ये नेपाल एपिएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई वटा हस्तान्तरण गरेको हो। प्रमुख शाक्यले हस्तान्तरण गरेको शव वाहनको साँचो ग्रहण गर्दै एपिएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले कामपाले दिएको शव वाहनको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, ११ : २३
लेखकबाट थप