कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शुक्रबार, २५ चैत्र २०७८, ०७ : ४८
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल नेपालको मौसममा भारतको बिहार तथा  आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान प्रदेश १ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहेको छ।   

यस्तै दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश नं १ को पहाडी  भूभागका  केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका  थोरै  स्थानहरुमा मेघ गर्जनसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। 

यस्तै राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस