स्थानीय तह निर्वाचनको लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १८ : २३
स्थानीय तह निर्वाचनको लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि नियुक्त भएका ७१ निर्वाचन अधिकृतलाई विभिन्न कारणले हटाइएको र नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएका हुन् ।

उनले निर्वाचन अधिकृतका लागि प्रशिक्षण प्रदान गर्नेहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए । त्यस्तै आयोगले आचारसंहितका कार्यान्वयनका लािग विभिन्न दलबाट प्रतिवद्धता लिइएको बताए ।

उनले एमालेले आचारसंहिताका केही विषयमा अस्पष्टता जाहेर गर्दै पत्र बुझाएको धारणा राखे । अर्यालले मतपत्र छपाईको कार्य सुरु भइसकेको र दुर्गम स्थानमा ढुवानी गर्नका लागि सो क्षेत्रको मतपत्र छपाइलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले निर्वाचनका लागि आवश्यक सामग्रीहरु आउनेक्रम जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस