नवनियुक्त कानूनमन्त्री बन्दीले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, २४ चैत्र २०७८, १४ : ५४
नवनियुक्त कानूनमन्त्री बन्दीले लिए शपथ

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्।

आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन्। शपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित रहेको थियो । 

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेकी हुन् । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस