२ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने तयारी

प्रकाश सिग्देल

मंगलबार, २२ चैत्र २०७८, १५ : ४१
२ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने तयारी

चितवन ।स्वास्थ्य  कार्यालय चितवनले जिल्लाका झण्डै २ लाख बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भएको छ । यहाँका सात वटै स्थानीय तहमा रहेका अनुमानित एक लाख ९६ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम केसीले बताए ।  राष्ट्रिय कार्यक्रम अन्तर्गत नै चितवनमा यो अभियानको शुरुवात गर्न लागिएको उनले जानकारी दिदए । जन्मेको १५ महिना देखी १५ वर्ष सम्मका बालकालिकालाई खोप लगाइने निमित्त प्रमुख केसीले बताए ।  ‘१५ वर्षमुनिका बालकालिकाहरुमा टाइफाइड रोगको ११ गुणा संक्रमण हुने उच्च जोखिम रहेकाले न्यूनिकरण गर्न खोप अभियानलाई तिव्रता दिईएको उनको भनाई छ ।  

पानी र खानेकुराबाट टाइफाइड रोगको संक्रमण हुने गरेको छ ।  नेपालमा हरेक वर्ष चार लाख ५० हजार जनामा टाइफाइड रोगको संक्रमण देखिएको कार्यालयको तथ्याङ्क छ । चितवनमा पनि टाइफाइडको संक्रमणका जोखिम उच्च रहेको छ ।

अपाङ्गता र मृत्युदर घटाउने उदेश्यले खोप अभियानलाई प्रभावकारी बनाउन लागेको प्रमुख केसी बताउँछन् । लक्षित समुदायमध्य सबैभन्दा बढी ८० प्रतिशत बालबालिकालाई विद्यालयमा पुगेर खोप लगाइने कार्यालयले जनाएको छ ।

चितवनको ७ वटा स्थानिय तहमा ९ सय ४४ जना स्वास्थ्यकर्मी ५ सय ४० वटा खोप केन्द्रबाट सेवा दिने जनस्वास्थ्य अधिकृत दिपक सुवेदी बताए । उनले चितवनमा १ लाख ५९ हजार २ सय ४६ जना विद्यार्थीहरुले खोप लगाउने बताए ।

साथै टाइफाइड भएमा पेट तथा टाउको दुख्ने, अचानक ज्वरो आउने, बान्ता हुने अत्याधिक पसिना आउने र टाउको चिसो महसुष हुने,कब्जियत हुने  र कमजोरी महसुष हुने जस्ता लक्षण देखा पर्ने गर्दछन् । यस्तै, जनस्वास्थ्य सेवा कार्यालयका अनुसार टाइफाइड शरीरमा संक्रमणको कारण हुन्छ । यसर बिस्तारै कलेजोमा नोक्सान पु¥याउँछ र पुरै शरीरलाई असर गर्छ ।

यो भ्याक्सिन २ देखी ८ डिग्रि सम्मको तापक्रममा स्वास्थ्य कार्यालयको फ्रिजमा राख्ने गरिएको छ । यहाबाट बाहिर पठाउदा आईसप्याकमा भ्याक्सिन हालेर खोपकेन्द्रमा पठाउने गरिएको कोल्ड चेन अधिकृत बेद प्रसाद अधिकारीले बताए । अहिले क्षेत्रिय मेडिकल स्र्टोसबाट १ लाख ५० हजार सिरिन्ज र २८ हजार ९सय ४४ भाईल ५ डोजको टाईफाईड बिरुद्धको भ्याक्सिन कार्यालयमा रहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस