विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, १७ : ०५
विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

काठमाडौं  । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित तालिमको आइतबार एक कार्यक्रमबीच समापन गरिएको हो । 

समापन कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले विपद्को घडिमा नेपाल प्रहरीले सफलतापूर्वक गरेका उद्दार कार्यको चर्चा गर्दै दक्षता र क्षमतालाई सदुपयोग गरी थप उत्कृष्ट काम गर्न तालिममा सिकेका कुराले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

तालिम संयोजक प्रहरी उपरीक्षक अरुण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस