सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १७ : १४
सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक

काठमाडौँ । हिन्दु संस्काअनुसार विवाहीत महिलाले सिन्दुरको प्रयोग गर्ने गर्छन् । तर, त्यस्ता सिन्दुर स्वास्थ्यका हिसावले भने हानिकारक पाइएका छन् । एक अध्ययन अनुसार सिन्दुरमा लिड अर्था सिसाको अधिक प्रयोग हुने गरेको छ । लिड मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ । न्युजर्सीस्थित रच्गर स्कुल अफ पव्लिक हेल्थ, पिस्काटावेका शोधकर्ताहरुले गरेको नमुना परिक्षणमा कुल ११८ वटा सिन्दुरको नमुना परीक्षण गरिएको थियो ।


त्यसमध्ये ९५ वटा नमुना न्यूजर्सीमा र बाँकी २३ वटा भारतको मुम्बई तथा दिल्लीका शहरबाट मगाइएको थियो ।संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो । त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो ।
सिँउदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् । आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । अध्ययनमा भनिएको छ, ‘६ बर्ष भन्दा कम उमेरका बच्चाका लागि यो थप हानिकारक छ ।’

नमुना परिक्षणका क्रममा ८३ प्रतिशत अमेरिकी सिन्दुर तथा ७८ प्रतिशत भारतीय सिन्दुरमध्ये दुवैमा सिसाको मात्रा कम्तीमा एक माइक्रोग्राम पाइएको थियो ।‘सिसामा निश्चित मात्रा भन्ने हुँदैन, त्यसैले यो कसैको लागि पनि सुरक्षित छैन ।’ सोधमा उल्लेख छ । अझ ६ बर्ष भन्दा कम उमेरका बालबालिका त यसको जोखिम बर्गमा छन् ।रङ, धुलो आदिमा सिसाको प्रयोगले स्वास्थ्यलाई त खराब गर्छ नै, वौद्धिक क्षमतामा समेत ह्रास आउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस