एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ११ : ३१
एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

काठमाडौ । चिकित्सा शिक्षा आयोगले शुरू गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् ।३ दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए ।
 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रवार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिए । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए ।परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस