काठमाडौं । काठमाडाैँको महांकालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।ठक्करबाट गम्भीर घाइते भएका काठमाडाैँ महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले साँझ पौने ६ बजे ठक्कर दिएको थियो।बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ चैत्र २०७८, ११ : ४४
लेखकबाट थप