काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९र८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ ।
बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । यही लक्ष्यसाथ हाल सरोकारवालाहरुसँग छलफल एवम् परामर्श तथा सुझाव संकलन थालिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले उद्योगी, व्यवसायी, बुद्धिजीवि, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवम् बजेट तथा कार्यक्रममा सरोकार राख्ने सबैसँग लिखित वा मौखिक रूपमा सान्दर्भिक विषयवस्तुमा सुझाव माग गरेको हो । बजेट तथा कार्यक्रममाथि २०७८ चैत मसान्तभित्र आम नागरिकले सुझाव दिन सक्नेछन् ।
बजेटमा सुझाव दिन www.mof.gov.np मा रहेको budget suggestion tab इमेल ठेगाना [email protected] र टोल फ्रि या सर्ट कोड नम्बर ११३८ मा फोन गरी कार्यालय समयभित्र सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय स्रोत अनुमान समितिले यसअघि नै आगामी तीन वर्षको राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारण गरिसकेको छ । सोही सीमा बमोजिम राष्ट्रिय योजना आयोगले संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालयका लागि बजेट सीमा र तर्जुमा मार्गदर्शन पठाइसकेको छ । आगामी आर्थिक वर्षका लागि नेपाल सरकार ९संघ० का लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ तोकिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरमा धेरै रकम नराखेर विद्युतीय भुक्तानी गर्न अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालयका सबै टिप्पणी अब डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयद्वारा निर्वाचन र पुनर्निर्माणका लागि स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन
अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
अर्थ मन्त्रालयमा पुग्यो नेपालमा एमसीसी निरन्तरताको पत्र