सर्वसाधारणका लागि खुल्यो पुनर्निर्मित गद्दी बै‌‍ठक

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १७ : ११
सर्वसाधारणका लागि खुल्यो पुनर्निर्मित गद्दी बै‌‍ठक

काठमाडौं । राजधानीको बसन्तपुरस्थित गद्दी बैठक मंगलबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एक समारोहबीच गद्दी बैठकको उद्घाटन गरेका थिए।

विसं २०७२ को भूकम्पमा भत्किएको गद्दी बैठकको पुनर्निर्माण अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेशन अन्तर्गतको मियामोतो कम्पनीले गरेको हो। कम्पनीले सांस्कृतिक सम्पदा कोषसँग सहकार्य गरेको थियो।

गद्दी बैठक तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले विसं १९६५ मा नवशास्त्रीय शैलीमा बनाएका थिए जहाँ विदेशी राजदूतलगायत पाहुनाले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्थे। साथै यहाँ राज्यका महत्वपूर्ण बैठक हुने गरेका थिए।

प्रतिक्रिया दिनुहोस