सेनेगल विश्वकपमा छनोट, इजिप्ट आउट

सफल खबर संवाददाता

बुधबार, १६ चैत्र २०७८, १० : ३५
सेनेगल विश्वकपमा छनोट, इजिप्ट आउट

एजेन्सी । सेनेगल विश्वकप छनोटमा छनोट भएको छ । गएराति भएको प्ले अफको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा इजिप्टलाई ३-१ गोल पराजित गर्दै सेनेगल विश्वकमा छनोट भएको हो ।

सेनेगल पहिलो लेगमा इजिप्टसँग १-० गोल अन्तरले पराजित भएको थियो । दोस्रो लेगमा बोउलाए डियाले गोल गर्दै सेनेगललाई १-० को जित दिलाएका थिए । खेलको निर्धारित समय र अतिरिक्त समयमा इजिप्टले गोल फर्काउन नसक्दा खेल पेनाल्टीमा धकेलिएको थियो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गरे । इजिप्टका मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद पेनाल्टीमा चुकेका थिए । ​सेनेगलसँगै क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया समेत अफ्रिकाबाट विश्वकपमा छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहोस